नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम पूर्व वाणिज्य तथा आपूर्ति मन्त्रि गनेशमान पुनले सरल सेवा र विकासका लागि माओवादी केन्द्रका उम्मेद्धारलाई विजय गराउन अपिल गर्नुभएको छ । स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति माओवादी केन्द्र ८ नम्बर वडाले वडाको केन्द्र धपेमा आयोजनामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्रि पुनले यस्तो बताउनुभएको हो ।

“८ नम्बर वडा र सिंगो गाउँपालिकाको थप विकास र आर्थिक समृद्धिको भिजन माओवादी केन्द्रका उम्मेद्धारसंग मात्र छ”, नेता पुनले भन्नुभयो, “यसका साथै सरल र गुणस्तरिय सेवा प्रवाह गर्न माओवादी नेतृत्व आवश्यक छ ।” २०७४ मा निर्वाचित माओवादी केन्द्रका जनप्रतिनधिले विकासको जग बसालेको बताउदै त्यसलाई पु्र्णता दिन र थप विकासको लहर ल्याउन माओवादी उम्मेद्धारलाई विजय गराउन उहाँले नागरिक समक्ष आग्रह गर्नुभयो ।

१९ दिने जनआन्दोल र १० वर्षे जनयुद्धले देशको व्यवस्था बदल्यो भौतिक विकाससंगै आर्थिक क्रान्ति र जनताको अवस्था बदल्न बाकी छ । नागरिकको अवस्था परिर्वतन गर्न माओबादिका उम्मेद्धार सक्षम हुनुहुन्छ उहाँहरुलाई अमुल्य मत दिएर विजय गराउनुस उहाँले सम्बोधनका क्रममा भन्नुभएको छ । साथै पूर्व मन्त्रि पुनले ८ नम्बर वडाको आर्थिक समृद्धिको लागि यूवालाई उत्पादनका कार्यमा जोडिन आग्रह पनि गर्नुभएको छ ।

यसैगरी गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले गाउँपालिकामा भोट दिएर आफ्नो प्यानललाई नै विजयी गराउन आग्रह गर्नुभएको छ । माओवादी केन्द्रले चुनावमा विजयी हासिल गर्यो भने जनमुखि विकास, सुशासन र पारदर्शीता कायम गर्न गर्ने प्रतिबद्धता रेग्मिले जनाउनभयो । यसैगरी उपाध्यक्षका उम्मेद्धार आस्था विकले समाजवाद निर्माणका लागि माओवादी उम्मेद्धारलाई बहुमतले विजय गराउन मतदाता समक्ष अनुरोध गर्नुभएको छ ।