रुकुम(पूर्व) मा माओवादी केन्द्रको तर्फबाट सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले मतदाताका समस्यालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बताउनुभएको छ । आइतबार ७ नम्बर वडाको सानचौरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताउनुभएको हो ।

“माओवदी शान्ति प्रकृयामा आएपछि सिस्ने गाउँपालिकामा केहि पूवार्धारको विकास भएका छन्”, उम्मेद्धार रेग्मीले भन्नुभयो “पूर्वाधारको विकासले मात्र नागरिकका समस्या समाधान गर्न सक्दैन । नागरिकका मसिना समस्या समाधान गर्न मेरो प्राथमिकता हुनेछ ।” गाउँपालिकाका सवै वडामा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार र खानेपानीलाई थप व्यवस्थित गर्नु छ । सम्बोधनका क्रममा उहाँले थप्नुभयो, “यसका साथै मेरो कार्यकालमा जनतालाई सुशासनको महसुस गराउन म प्रतिवद्ध छु । मेरो कार्यकालमा वडापालिका र गाउँपालिकाबाट पाउने सेवा सरल सहज तरिकाले पाउनु हुनेछ ।”

भौतिक पूवार्धारको थप विकाससंगै नागरिकको जिवनस्तर बदल्न र आर्थिक समृद्धि हासिल गर्न सक्ने बनाउन आफनो टिमको ध्यान जाने उहाँको भनाई छ । यस्तै उम्मेद्धार रेग्मीले निर्वाहमुखि कृषि पेशा गरि राखेका कृषकलाई व्यवसायिक कृषिमा आकर्षण गर्न किसानलाई पेनसनको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यि सवै कार्य पुरा गर्न वडा देखि पालिकासम्म माओबादि केन्द्रका उम्मेद्धारलाई विजय गराउन उहाँले ७ नम्बर वडाबासीलाई आग्रह गर्नुभएको छ ।

यसैविच माओबादि केन्द्रका केन्द्रिय सदस्य एवम पूर्व मन्त्रि गनेशमान पुनले सिस्ने गाउँपालिकामा विकासको कायपलट ल्याउन माओवादी केन्द्रका उम्मेद्धारलाई विजय गराउन अनुरोध गर्नुभएको छ । हिजो लामो समयसम्म काङगे्रस र एमाले सत्तामा बसे उनिहरुले सिन्को पनि भाच्न सकेनन पुनले भन्नुभयो माओबादि सत्तामा आएको केहि दशकमा देशले विकासको मुहार फेरेको छ । नागरिक र्मैत्री विकासका लागि माओबादिका उम्मेद्धारलाई भोट दिनुपर्ने उहाँको आग्रह छ ।