रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ पोबाङबाट एक नाले भरुवा बन्दुक सहित सोहि ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

कामीलाई १४ नम्बर वडा स्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको दुई सय मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभएको छ । मंगलबार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको प्रहरीले जनाएको छ । निर्वाचनको मुखैमा मतदाक केन्द्र नजिकै भएर अवैध वन्दुकसहित हिडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।