रुकुम(पूर्व) को भूमे गाउँपालिकामा नेपाली कांग्रेसले मौन अवधिको उल्लघंन गर्दै भोट दिन दबाव दिएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ स्थित सेराबाङका धनबहादुर विकलाई रुख चिन्हमा भोट हाल्न भनेर कांग्रेसका कार्यकर्ताले दबाव दिएका हुन् ।

नेपाली कांग्रेसका जालमाया बुढालेआफ्नै घरमा आएर डर धम्कि देखाई कांग्रेसमा नै भोट हाल्नुपर्छ भनेर दबाव दिएको विकले बताउनुभयो । यो दबावपछी विक आत्तिनुभएको छ र प्रतिनिधी चुन्न पाउने आफ्नो अधिकारको कुरा भएकाले इच्छाएको व्यक्तिलाई भोट दिने प्रतिक्रिया पनि दिनुभएको छ । विकले केहि वर्ष अघि जालमायाबाट आर्थिक सहयोग ऋण लिनुभएको थियो । अहिले ब्याजसँग बढेर त्यो रकम ९५ हजार पुगेको छ ।

त्यो ऋण अहिले तीन नसकेको उहाँले बताउनुभयो । कांग्रेसले यसैको फाउदा उठाउँदै आफुलाई रुख चिन्हमा भोट दिन दबाव दिएको उहाँको भनाई छ । विकले भन्नुभयो, “ ऋण दिने कांग्रेस कार्यकर्ताले रुख चिन्हमा भोट गरे त्यो ऋण नी माग्दैन् भन्नुभएको छ । भोट नदिने हो भने ऋण लिएको रकम तत्काल तिर्न भनेर जानुभयो ।” उहाँले थप्नुभयो, “भोट दिने नदिने मेरो स्वतन्त्रताको कुरा हो । म इच्छाएको व्यक्ति जसलाई नि भोट दिन सक्छु, तर उहाँहरुले हामीले कुरो बुझ्यौ, जेठको २ गते ऋणको हिसाब गर्न आउछौ भनेर जानुभएको छ ।”

मौन अवधि सुरु भइसकेपछि पनि कांग्रेसले घरमै गएर प्रलोभन देखाई भोट दिन दबाव दिएको विकको परिवारले बताएको छ ।