रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन् । जिल्लाको अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका २ नम्बर वडाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रबाट भने अझै मतदान सुुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पेल्मामा २९ गते बिहिबार साझ नेकपा मोओवादी केन्द्र र नेपाली कांग्रेस बिचमा झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई चोट लागेको भनेर हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने माग राख्दै आएको थियो । तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरेको प्रजिअ खड्काले बताउनुभयो । अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ । झगडाको कारण पनि खुल्न नसकेको बताइएको छ ।
कांग्रेसले चुनावमा भाग नलिने समेत बताएको प्रजिअ खड्काले बताउनुभयो । अहिले त्याहाँ रहेको सुुरक्षालगाएतको समुहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाई छ । फोनले पनि काम नगर्ने त्यस ठाउँमा के भइरहेको छ भनेर जानकारी लिन पनि हम्मेहम्मे परिरहेको उहाँ बताउनुहुन्छ । स्याटालाइट फोनबाट मुस्किलमुस्किलले सुचना लिइरहेको पनि उहाँले बताउनुभयो । पेल्मामा सडक पुगेको छैन् । सञ्चारको कुनै पनि माध्याम छैन् । मानिसलाई हिडेर जान त्यहाँ दुई दिन लाग्छ ।
मतदान सुरु गर्नेगरि छलफल तथा सहजिकरणको काम भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।