
रुकुम(पूर्व) को १०३ वर्षका वृद्धले मतदान गर्नुभएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ का १०३ वर्षका लक्ष्मण खत्रीले मतदान गर्नुभएको हो । शुक्रबार वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट खत्रीले मतदान गर्नु भएको हो ।
मतदान केन्द्रसम्म खत्रीका नाती शुसिल केसीले साहारा दिएर ल्याउनु भएको थियो । यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ६ की ९७ वर्षकी चन्द्र कुमारी शर्माले पनि मतदान गर्नुभएको छ । शर्माका माईला छोरा टिकाराम शर्माले आमालाई साथमा लगेर मत खसालिदिनुभएको हो ।