रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । अहिले भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभयो ।

उहाँले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा कालो पुन, मंगली कामी, बिमला रोका बिक र तुलसा सुनार निर्वाचित हुनुभएको छ ।