रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ मा माओवादीको प्यानलै विजयी भएको छ । त्यहाँ नेकपा एमाले र कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका विनोद बुढा विजयी हुनुभएको छ ।

बुढाले ७ सय १६ मत ल्याएर वडाध्यक्षमा विजयी हासिल गर्दा उहाँका प्रतिस्पर्धी नेकपा कांग्रेसका समिर पुनले ३ सय १२ मत र नेकपा एमालेका नन्दकुमार घर्तीले ५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।

भूमे ९ मा महिला सदस्य सुनीता पुनले ६ सय ९२ मत, दलित महिला सदस्य मनकुमारी नेपालीले ६ सय ९३ मत, खुला सदस्यहरु आइतेराम ओलीले ६ सय ८३ र र अर्का खुला सदस्य गणबहादुर पुनले ६ सय ८४ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको छ । विहान ३ बजेबाट सुरु गरिएको मतगणनामा अहिलेसम्म ९ नम्बर वडाको मात्र गत गनेर सकिएको छ । त्यहाँ जम्मा ११ सय ९२ मत खसेको थियो ।