हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ नेपाली कांग्रेस र जसपाका उम्मेद्वारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

पुथा उत्तरगंगा ५ मा माओवादी केन्द्रबाट टिकासाई घर्तीले विजयी हासिल गर्नुभएको छ । प्रतिद्धोन्दि कांग्रेसका अविनास बुढालाई र जसपाका असोक घर्तीलाई पछि पार्दै उहाँले विजयी हासिल गर्नुभएको हो । घर्तीले ४ सय १७ मत ल्याएर विजयी हासिल गर्दा प्रतिद्धोन्द्धि नेपाली कांग्रेसका बुढाले एक सय ४८ र जसपाका घर्तीले ६२ मत प्राप्त गर्नुभएको छ ।

यस वडामा माओवादी केन्द्रबाटै महिला सदस्यमा ग्वारी बुढा, दलित महिला सदस्यमा बालकुमारी कामी, खुला सदस्यमा दामबहादुर कामी र थर्कबहादुर झाक्रिमगर विजयी हुनुभएको छ ।