रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल छ । नेपाली कांग्रेसले पुथा ४ को वडाध्यक्षसँगै महिला सदस्य र एक जना खुला सदस्यमा विजयी हासिल गरेको छ ।
कांग्रेसका सुरबहादुर विकले प्रतिद्धोन्दी नेकपा माओवादी केन्द्रका उम्मेद्वार विरबल पुनलाई थोरै मतान्तरले पराजित गर्नुभएको हो । विकले २ सय ३ मत प्राप्त गर्दा प्रतिद्धोेन्दि माओवादीका पुनले एक सय ९३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट महिला सदस्यमा सुनिता रोका र खुला सदस्यमा जितकुमार कामी विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट दलित सदस्यमा सुर्ज कामी र खुुला सदस्यमा मनदेउ बुढामगर सवजयी हुनुभएको छ ।