हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ माओवादी केन्द्रबाट शंखे सेनको प्यानलले नै विजयी हासिल गरेको हो ।

सेनले एक सय ८५ मत ल्याउदा उहाँका प्रतिद्धोन्दी नेपाली कांग्रेसका तुलबहादुर घर्तीले ९५ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्र बाट महिला सदस्यमा तिर्थ कुमारी मल्ल, दलित महिला सदस्यमा लहरमाया दमाई, खुुला सदस्यमा बमबहादुर रोका र सुन बहादुर विक विजयी हुनुभएको छ ।