
रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट दिनेश रोका विजयी हुनुभएको छ । रोकाले एमाले र माओवादीका उम्मेद्वारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी हासिल गर्नुभएको हो ।
उहाँले ४ सय ७७ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बन्नुभएका कृष्णबहादुर रोकाले ४ सय ६९ मत प्राप्त गर्नुभएको छ भने एमालेबाट उम्मेद्वार बन्नुभएका लालप्रसाद ओलीले १५ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा भने सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । महिला सदस्यमा फोमली बुढा, दलित महिला सदस्यमा अनिता कामी, खुला सदस्यमा टिकाराम कामी र तुलबिर बुढा विजयी हुनुभएको छ ।