रुकुम(पूर्व) मा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ७ बाट एमालेले खाता खोलेको हो । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै एमालेबाट शशिधर बुढा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले ३ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धोन्दि नेकपा माओवादी केन्द्रका खिमबहादुर पुनले २ सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वार दिलबहादुर ओलीले ५१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट महिला सदस्य धनकुमारी बुढा, दलित महिला सदस्यमा चम्फा कामी विक, खुला सदस्यमा हसिया हथौडा चिन्हबाट लड्नुभएका समाजवादीका शशिराम बुढा, एमालेबाट विष्णु गिरी निर्वाचित हुनुभएको छ ।