भूमे गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । यस वडामा वडाध्यक्षको पदमा संगम रोका विजयी हुनुभएको हो । उहाँले ४ सय ६४ मत ल्याएर एमाले–कांग्रेसको गठबन्धनलाई हराउनुभएको हो । सुर्यबाट चुनाव लड्नुभएका गठबन्धनका बिजय बुढाले ५५ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा सिता कुुमारी बुढाथोकी, दलित महिला सदस्यमा सुनमाया सुनार, खुला सदस्यमा मेघबहादुर श्रेष्ठ र मैमान रोका विजयी हुनुभएको छ ।