
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र भारी मतले विजययी भएको छ । गएको स्थानीय तह चुनावमा हार ब्यहोरेको यस वडामा यस पटकको स्थानीय तह चुनावमा भारी मत लिएर माओवादीले विजयी हासिल गरेको हो । माओवादीले यस वडामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।
मोेओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएका हेराम खड्काले प्रतिस्पर्धी नेकपा एमाले, नेपाली कांग्रेस र माले गठवन्धनका उम्मेद्वारभन्दा दोब्बर बढी मत ल्याएर विजयी बन्नुभएको हो । खड्काले ६ सय २३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धोन्दी उम्मेद्वार भावना खड्काले ३ सय ५ मत प्राप्त गर्नुभएको छ । यो वडा पहिलेको स्थानीय तह चुनावमा माओवादीले गुमाएको थियो भने एमालेले जितेको थियो ।
अहिले यस वडामा हारको बदला दोब्बर बढी मत ल्याएर माओवादीले ल्याएको छ । यस्तै वडाको महिला सदस्यमा माओवादी र एकीकृत समाजवादी प्यानलबाट महिला सदस्यमा मिना केसी, दलित महिला सदस्यमा पे्ररणा कुमारी कामी र खुला सदस्यमा लक्षिराम खड्का, लालजित बुढा विजयी हुनुभएको छ ।