रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्र प्यानल विजयी हासिल गरेको छ । यस वडामा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा पूर्णा शाही मल्ल विजयी हुुनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका उम्मेद्वारलाई १२ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो । पूर्णाले ३ सय ५४ मत प्राप्त गर्नुभयो भने प्रतिद्धोन्दि कांग्रेसका जयबहादुर बुढाले ३ सय ४२ मत प्राप्त गर्नुभयो । यहाँ माओवादी केन्द्रबाट महिला सदस्यमा कर्णकुमारी मल्ल, दलित महिला सदस्यमा कल्पना कुमारी सुनार विजयी हुनुभएको छ ।

नेकपा एमालेको तर्फबाट खुला वडा सदस्यमा देपेन्द्रजंग मल्ल र ढलबहादुर शाही निर्वाचित हुनुभएको छ ।