![](https://mulukpati.com/wp-content/uploads/2022/05/Bharat-budha-putha-10-yemale.jpg)
हिकमत प्रोतेल/रुकुम(पूर्व)
रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० मा नेकपा एमाले विजयी भएको छ । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले विजयी हासिल गरेको हो । यहाँ एमालेका भरत बुढाले ३ सय १६ मत ल्याएर विजयी हासिल गर्दा माओवादी केन्द्रका दयाधन घर्तीले २ सय ९७ र नेपाली कांग्रेसका सुनबहादुर बुढाले २ सय ७९ मत प्राप्त गर्नुभयो ।
यस वडामा गएको स्थानीय तह चुनावमा पनि एमालेले नै चुनाव जितेको थियो । यस वडामा एमालेबाट दलित महिला सदस्य धनकुमारी कामी विजयी हुनुभएको छ भने नेपाली कांग्रेसबाट खुला सदस्यमा मालबहादुर बुढा र काजीमान घर्ती तथा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा प्रतिमा पुन विजयी हुनुभएको छ ।