हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा नेपाली कांग्रेसको उम्मेद्वारलाई पछि पार्दै माओवादीको प्यानल विजयी भएको हो । ४ सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा कुमार सिंह वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धोन्दी नेकपा एमालेका लक्ष्मण बुढाले ४ सय ३ मत प्राप्त गर्नुभयो ।

वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा भार्सी बुढा, दलित महिला सदस्यमा कमारी विक र खुला सदस्यमा चित्रबहादुर घर्ती, लयन बुढा विजयी हुनुभएको छ । यस वडामा ८ सय ८६ मत खसेको थियो ।