
रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रको प्यानलले विजयी हासिल गरेको छ
यस वडामा माओवादीका दिलमान पुनले ४ सय ९ मत ल्याएर वडामा विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका नन्दप्रसाद सुनारले ४ सय २ मत प्राप्त गर्नुभयो ।
माओवादीबाट महिला सदस्यमा रवि बुढा पुन, दलित महिला सदस्यमा देविका सुनार, खुला सदस्यमा प्रेमबहादुर पुन र बिरमान विक निर्वाचित हुनुभएको छ ।