रुकुम(पूर्व) को भूमे गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्र–एमाले गठबन्धकका उम्मेदवार निर्वाचित भएका छन् । भूमे–४ मा माओवादी केन्द्र–एमाले गठबन्धन विजयी भएको हो । माओवादी केन्द्र–एमाले गठबन्धनमा एमालेको तर्फबाट वडाध्यक्ष पद र अन्य चार वडा सदस्य माओवादी केन्द्र तर्फबाट उम्मेदवारी दिएका थिए भने कांग्रेसले एकल उम्मेदवारी दिएको थियो ।

माओवादी केन्द्र–एमाले गठबन्धन वडाध्यक्षमा एमालेका श्यामप्रसाद बुढा निर्वाचित हुनु भएको छ । बुढाले निकटतम प्रतिस्पर्धी कांग्रेसका चंखबहादुर बुढा मगरलाई पराजित गर्नु भएको हो । निर्वाचित बुढाले २ सय ८० मत लिनु भएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका चंखबहादुरले २ सय ४५ मत प्राप्त गर्नु भएको हो । माओवादी केन्द्रका चार जना वडा सदस्य प्यानलले नै जित हासिल गरेका छन् ।

हाल वडा नम्बर ३ को मत गणना भइरहेको छ । यस वडामा माओवादी केन्द्रको विरुद्ध कांग्रेस–एमाले गठबन्धन गरेका छन् ।