
रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकामा नव निर्वाचित जनप्रतिनीधिले सपथ ग्रहण गरेका छन् । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतीनिधीले सपथ ग्रहण गरेका हुन् । उनिहरु सबैले आज गाउँपालिकाको कार्यालय तकमा सपथ ग्रहण गरेका हुन् ।
मंगलबार नव निर्वाचित पालिका अध्यक्ष पुनीराज घर्तीलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनुभयो । अध्यक्ष घर्तीले बुधबार पालिका उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । यस गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । १४ वटा वडा रहेको पालिकाको ११ वटा वडामा माओवादी केन्द्रले जितेको छ भने दुई वटा वडामा एमालेले जित्दा एउटा वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।