रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा बहालवाला अध्यक्ष र उपाध्यक्ष सचिवालयको जिम्मामा रहेको जिन्सी सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सिस्ने गाउँपालिकाका बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सचिवालयको जिम्मामा रहेको जिन्सी सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पदावधि भोलि सकिदै छ । पदावधि सकिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षका सचिवालयको जिम्मामा रहेको गाउँपालिकाको जिन्सी सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कुमारी बरालको सचिवालयको जिम्मामा रहेको स्कारपियो गाडी, ओपो फाइब सेभेन मोबाइल एक थान, ओपोे मोबाइल १ थान, बक्स पलङ डबल १ थान, लोबेड सिङ्गल १ थान, ल्यापटप डेल आइ फाइब १ थान, हिटर १ थान यसैगरी डिस्पले २८ आइ १ थान, टि टेबल १ थान, किचेन र्याक १ थान, सोफा सेट एमडी १ थान र दराज कोठको १ थान जिन्सी सामाग्री गाउँपालिकालाई बुझाउनु भएको छ ।

यसैगरी गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढा मगरको सचिवालयको जिम्मामा रहेको डेल आइ फाइब ल्यापटप १ थान, ओपो फाइब सेभेन मोबाइल १ थान, रेडमी मोबाइल १ थान, बक्स पलङ डबल १ थान, लोबेड सिङ्गल १ थान यसैगरी हिटर, काठको र्याक, किचेन टेबल, जुत्ता र्याक, भाडा र्याक, फाइबजेट भी थ्रि मोटरसाइकल, टि टेबल, दराज, टेबल र डबल बक्स पलङ गाउँपालिकालाई बुझाउनु भएको छ ।