रुकुम(पूर्व) को सिस्ने र भूमे गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनबाट विभिन्न पदमा निर्वाचित भइ आएका जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको हो । साथै उनिहरुलाई सपथ ग्रहण पनि गराइएको छ । सिस्नेका सबै निर्वाचित जनप्रतिनिधिले रुक्मिणी माविको हलमा सपथ ग्रहण गरेका हुन् ।

सिस्नेमा गाउँपालिका अध्यक्ष पदमा नव निर्वाचित कृष्ण रेग्मिलाई मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले सपथ ग्रहण गराउनुभयो । पालिका उपाध्यक्षसँगै १ देखि ८ नम्बरसम्मका वडाध्यक्ष र सदस्यहरुलाई पालिका अध्यक्ष रेग्मिले सपथ ग्रहण गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा औपचारिक कार्यक्रम गरि नव निर्वाचित प्रतिनिधिलाई सपथ ग्रहण गराइएको हो ।

यस्तै भूमे गाउँपालिकामा पनि पालिका अध्यक्ष होमप्रकाश श्रेष्ठलाई निर्वाचन अधिकृत बिमलप्रसाद बरालले सपथ ग्रहण गराउनुभयो । आफुले सपथ ग्रहण गरिसकेपछि पालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका उपाध्यक्ष सविना बुढासँगै ९ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । पुथाउत्तरगंगा गाउँपालिकामा भने बुधबार नै नव निर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराइएको थियो ।