रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ५ का उम्मेद्वार प्रकाश कार्की चुनावमा पराजित भएपछि पनि मतदाता भेटघाटमा निस्कनुभएको छ । गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित हुनुभएका उहाँले आज रुमालबाराका मतदाताहरुलाई भेटघाट गर्नुभएको छ ।

स्थानीय निर्वाचनमा भोट दिएका सबै मतदातालाई उहाँले धन्यवाद पनि दिनुभएको छ । रुमालबाराबाट मतदाता भेटघाट तथा उनिहरुलाई धन्यवाद दिने कार्यक्रम सुरु गरेको बताउदै कार्कीले अन्य टोलमा पनि पुगेर मतदाता भेटघाट तथा उनिहरुलाई धन्यवाद दिने कार्यक्रम रहेको बताउनुभयो ।

चुनावमा नतिजा आफ्नो पक्षमा आयो या आएन भन्नेतीर भन्दा पनि राजनिती सेवा हो भन्ने कुरालाई हेक्का राखेर मतदाता भेटघाटमा निस्किएको कार्कीले बताउनुभएको छ ।