रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले रुकुमकोटमा थुप्रीएको फोहोर उठाउन सुरु गरेको छ । गाउँपालिकाले आज पहिलो दिन छिप्रीहदको विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठाएको छ । ४ जना कामदार लगाएर बजारको विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठाउन लगाएको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार छिप्रीदहको नाला, होटेल, सडक वरपर थुप्रिएको र घरमा राखेको फोहोर उठाइएको छ । गाउँपालिकाको टिप्परमा हालेर बजारबाट उठेको फाहोरलाई धाउनेमा भएको डम्पिङ साइडमा लगेर फालिएको छ । भोलि टाकुरा र बाहुनठानाको विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठाउने उपाध्यक्ष रेउलेले बताउनुभयो । सरसफाइको लागि सिस्ने गाउँपालिकाले विभिन्न योजना निर्माण गरि काम गर्ने पनि उहाँको भनाई छ ।

गएको वैशाख ३० को निर्वाचन पछि बनेको सिस्ने गाउँपालिका नयाँ सरकारले सुरुवाती चरणबाटै राम्रो कामको सुरुवात गरेपछि नागरिकहरुले यस कार्यको प्रशंसा गरेका छन् । सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष रेउलेलगाएतको उपस्थिती रहेको थियो । ढल निकास पुरिदै जान लागेको अवस्थामा यसलाई नै बढी प्राथमिकतामा राखेर सरसफाई अभियानको थालनि गरिएको गाउँपालिकाले जनाएको छ ।