रुकुम(पूर्व) को भुमे गाउँपालिकामा निवर्तमान जनप्रतिनिधिलाई औपचारिक रुपमा बिदाई तथा नया जनप्रतिनिधिलाई स्वागत गरिएको छ । गाउँपालिकाको कार्यालय खाबङमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरिएको हो ।

उहाहरुलाई कदरपत्रमार्फत कदर गर्दै बिदाई गरिएको हो । गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर, उपाध्यक्ष मन कुमारी बुढा विष्टलाई बिदाई गरिएको छ । यस्तै १ नम्बर वडाध्यक्ष रामचन्द्र पुन, २ नम्बर वडाध्यक्ष नरबहादुर बुढा, ३ नम्बर वडाध्यक्ष दिलमान रोका, ५ नम्बर वडाध्यक्ष टेकप्रसाद बुढा, ६ नम्बर वडाध्यक्ष देवबहादुर बुढा, ७ नम्बर वडाध्यक्ष धनमान रोका, ८ नम्बर वडाध्यक्ष पञ्चबहादुर रोका र ९ नम्बर वडाध्यक्ष प्रवेस पुनलाई बिदाई गरिएको हो । यस्तै निवर्तमान कार्यपालिका सदस्य, सबै वडाका वडा सदस्यहरुलाई पनि बिदाई गरिएको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसँगै सबै वडाका वडाध्यक्षहरुले पाँच वर्षे कार्यकालमा काम गर्ने क्रममा आफुले गरेका अनुभवहरु सुनाउनुभएको थियो । साथै अबको पाँच वर्षे कार्यकालको लागि आउनुभएका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी नव निर्वाचित पालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बुढासँगै सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई स्वागत गरिएको छ । १ नम्बर वडाध्यक्ष मनकाजी पुन, २ नम्बर वडाध्यक्ष नरायण पुन, ३ नम्बर वडाध्यक्ष पर्शुराम बुढा, ४ नम्बर वडाध्यक्ष श्यामप्रसाद बुढा, ५ नम्बर वडाध्यक्ष टेकप्रसद बुढा, ६ का वडाध्यक्ष बिक्रम पुन, ७ का संगम रोका, ८ का दिनेश रोका र ९ का बिनोद बुढालाई स्वागत गरिएको हो ।

नव निर्वचित गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा निवर्तमान पालिका अध्यक्ष रामसुर बुढामगर, उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), नव निर्वाचित उपाध्यक्ष सविना बुढा, गाउँपालिकाक प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिहं श्रेष्ठ, निवर्तमान र नव निर्वाचित वडाध्यक्ष, वडा सदस्यसँगै विभिन्न राजनितीक दलक प्रमुख एवम प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।