रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा विभिन्न विषयगत शाखाहरु गठन गरिएको छ । आइतबार तकमा बसेको दोस्रो कार्यपालिका बैठकले कार्यपालिका र गाउँ सभा अन्तर्गत रहनेगरि विभिन्न विषयगत समितिहरु निर्माण गरेको हो । यसैगरी कार्यपालिकाले गाउँपालिकाको प्रवक्ता पनि तोकेको छ । वडा नम्बर ५ का वडाध्यक्ष टिकासाई घर्तीलाई गाउँपालिकाको प्रवक्ता तोकिएको छ ।

यसैगरी पुथाउत्तरगंगामा जसबहादुर श्रीपाली संयोजक रहेको आर्थिक विकास समिति निर्माण गरिएको छ । जसको सदस्यमा शंखे सेन, ग्वारी बुढा मगर, विरमान कामी, ओमप्रकाश ओली रहनुभएको छ भने सदस्य सचिवमा भिमप्रकाश केसी रहनुभएको छ । टिकासाई घर्ती मगर संयोजक रहेको सामाजिक विकास समिति गठान गरिएको छ । जसको सदस्यमा राजकुमार सुनार, द्रवेश बुढामगर, बमबहादुर बुढा, रामप्रसाद खड्का र सदस्य सचिवमा समिर गिरी रहनुभएको छ ।

दिलमान पुन संयोजक रहेको पूर्वाधार विकास समिति निर्माण गरिएको छ । जसको सदस्यहरुमा भरत बुढा, मल्ति पुन, शिविसन सिर्पाली, नविन दाहाल रहनुभएको छ भने सदस्य सचिवमा इन्जिनीयर अभिनास महासेठ रहनुभएको छ । यसैगरी हर्कप्रसाद रोका संयोजक रहेको सुशासन तथा संस्थागत विकास समिति निर्माण गरिएको छ । यस समितिको सदस्यमा चित्रबहादुर बुढा, भारसी बुढा, जोरकुमारी बुढा र चित्रबहादुर केसी रहनुभएको छ । सदस्य सचिवमा भने हरिचन्द्र विक हुनुहुन्छ ।

यसैगरी पूर्णा मल्ल(शाही) संयोजक रहेको वन वातावरण तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ । यसको सदस्यमा सुरबहादुर विक, जानु छन्तेल, भरत बुढासँगै पुर्वाधार शाखाबाट पछि एक जना थपिने भएको छ । यस समितिको सदस्य सचिव योजना शाखा प्रमुख रहनेछन् । गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढामगरको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । जसको सदस्यमा विरमान कामी र जानु छन्तेल हुनुहुन्छ ।

उपाध्यक्ष बुढा नै संयोजक रहेको अनुगमण तथा सुपरिवेक्षण समिति र स्थानीय राजश्व परामर्श समिति निर्माण गरिएको छ । अनुगमण तथा सुपरिवेक्षण समितिको सदस्यमा पूर्णा मल्ल(शाही) टिकासाई घर्ती, वशिष्टनारायण यादव रहदा सदस्य सचिवमा योजना शाखा प्रमुख रहनुहुने छ । स्थानीय राजश्व परामर्श समिति सदस्यमा वशिष्ट नारायण यादव, जसबहादु श्रीपाली, जोर कुमारी बुढा, थपन बुढा मगर र दिलु बुढा मगर रहदा सदस्य सचिवमा नवराज खड्का रहनुभएको छ ।

गाउँपालिका अध्यक्ष पुनीराज घर्ती संयोजक रहेको श्रोत अनुगमण तथा बजेट सिमा निर्धारण समिति निर्माण गरिएको छ । जसको सदस्यमा भूपेन्द्रा बुढा, राजकुमार सुनार, द्रवेश बुढामगर, जसबहादुर श्रीपाली र मल्ती पुन रहदा सदस्य सचिवमा वशिष्ट नारायण यादव रहनुभएको छ । उपाध्यक्ष भूपेन्द्रा बुढा संयोजक रहनुभएको बजेट तथा कार्यक्रम तर्जुमा समिति निर्माण गरिएको छ । यस समितिको सदस्यमा जसबहादुर श्रीपाली, टिकासाई घर्ती मगर, दिलमान पुन, हर्कप्रसाद रोका, पूर्णा मल्ल शाही, वशिष्ट नारायण यादव रहनुभएको छ । सदस्य सचिवमा योजना शाखा प्रमुख रहनुहुने छ ।

यस्तै द्रवेश बुढामगरको संयोजकत्वमा विधायन समिति र जानु छन्तेलको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । विधायन समितिको सदस्यमा शिविसन श्रीर्पाली, टिकासाई घर्ती, पूर्णा मल्ल शाही, राजकुमा सुनार र सदस्य सचिवमा वशिष्ट नारायण यादव हुनुहुन्छ । लेखा समितिको सदस्यमा दिलमाया पुन, शंखे सेन, ग्वारी बुढामगर, राजकुमार सुनार र सदस्य सचिवमा वशिष्ट नारायण यादव रहनुभएको छ । उपाध्यक्षको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति बनाइएको छ । यसको सदस्यमा जसबहादुर श्रीपाली, खड्गबहादुर बुढामगर, कलिभान विष्ट, दयाधन घर्ती र उद्योग बाणीज्य संघको प्रतिनिधि यएक जना राखिएको भएको छ । सदस्य सचिवमा रामप्रसाद खड्का हुनुहुन्छ ।

उपाध्यक्ष बुढाकै संयोजकत्वमा अपांग परिचय पत्र वितरण समिति निर्माण गरिएको छ । यसको समितिको सदस्यमा पूर्णा मल्ल शाही, खिमबहादुर बुढाक्षेत्री, डाक्टर अनिल खाम मगर, खड्गबहादुर बुढामगर, भुलबहादुर कामी रहनुभएको छ । तीन सदस्य पछि थप्नेगरि वशिष्ट समिर गिरी सदस्य सचिवमा रहनुभएको छ । यसैगरी गाउँपालिका अध्यक्ष घर्तीको संयोजकत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति गठन गरिएको छ । जसको सदस्यमा भूपेन्द्रा बुढा, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्य, विषयगत शाखाका कर्मचारीहरु छन् । सदस्य सचिवमा वशिष्ट नारायण यादव रहनुभएको छ ।