आगामी आर्थिक वर्ष २०७९÷८० को लागि रुकुम(पूर्व) मा संघ सरकारबाट एक अर्ब ९ करोड एक लाख बजेट आउने भएको छ । सबै भनदा बढी सिस्ने गाउँपालिकामा ३९ करोड ११ लाख बजेट आउने भएको हो । यस गाउँपालिकामा समानीकरण अनुदानतर्फ १२ करोड २४ लाख, सशर्त अनुदानतर्फ २२ करोड ९७ लाख, विशेष अनुदानतर्फ एक कराोड ७० लाख र समपुरक अनुदानतर्फ २ करोड २० लाख रकम आउने भएको हो ।

यसैगरी भूमे गाउँपालिकामा जम्मा ३४ करोड ४७ लाख बजेट आउने भएको छ । यस गाउँपालिकामा समानिकरण अनुदानतर्फ १२ करोड २८ लाख, सशर्त अनुदानतर्फ २० करोड ६९ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ ५० लाख बजेट आउने भएको हो ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा ३५ करोड ४३ लाख बजेट आउने भएको छ । यस गाउँपलिकामा समानिकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ २२ करोड ८ लाख, विशेष अनुदानतर्फ एक करोड ८० लाख र समपुरक अनुदानतर्फ शुन्य रहेको सिस्ने गाउँपलिकाका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभएको छ ।