रुकुम(पूर्व) को भूमे गाउँपालिकाले आफ्नो पहिलो कार्यपालिका बैठकबाट विभिन्न समिति निर्माण गरेको छ । नव निर्वाचित जनप्रतिनिधि पालिका सरकारमा पुगेर कार्यापालिकालाई पूर्णता दिएसँगै पहिलो पटक बसेको कार्यपालिका बैठकले विभिन्न समितिहरु निर्माण गरेको हो ।
बैठकले पालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको संयोजक रहेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन गरेको छ । सदस्यमा उपाध्यक्ष सबिना बुढा मगर, विनोद बुढा, दिलपूरा पुन, भागिलाल दमाई, मनकाजी पुन मगर, दिनेश रोका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहनु भएको छ । आर्थिक विकास समितिका संयोजकमा नारायण पुन मगरलाई तोकिएको छ भने सदस्यमा विमला बिक, संगम रोका र सदस्य सचिवमा कृषि प्रसार अधिकृतलाई जिम्मेवारी तोकिएको छ । सामाजिक विकास समितका संयोजकमा टेकप्रसाद बुढालाई तोकिएको छ भने सदस्यमा जितबहादुर कामी, दिनेश रोका र सदस्य सचिवमा सामाजिक विकास शाखाका प्रमुखलाई तोकिएको छ ।
पूर्वाधार विकास समितिको संयोजकमा विनोद बुढालाई तोकिएको छ । सदस्यमा फोमली बुढा, श्यामप्रसाद बुढा र सदस्य सचिवमा पूर्वाधार विकास शाखाका प्रमुख रहनु हुने छ । वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा परशुराम बुढालाई तोकिदा सदस्यमा भागिलाल दमाई, विमला बिक र सदस्य सचिवमा वातावरण, सरसफाई तथा विपद् व्यवस्थापन इकाई प्रमुखलाई तोकिएको छ ।
संस्थागत विकास र सुशासन समितिको संयोजकमा सुनकुमारी रोका हुनुहुन्छ भने सदस्यमा भारती नेपाली, विक्रम पुन मगर र सदस्य सचिवमा प्रशासन, योजना तथा अनुगमन शाखाका प्रमुखलाई तोकिएको छ । यसैगरी कार्यपालिकाको बैठकले लेखा समितिमा गणेशबहादुर बुढालाई संयोजक तोकेको छ भने सदस्यमा वसन्त नेपाली, मनकुमारी बुढा, मनकुमार बुढा र निमकुमारी सुनार रहनु भएको छ । विधायन समितिको संयोजकमा रकम पुन सदस्यमा गणबहादुर पुन, हिमाल बिएम, सुनिता पुन र अनिता कामी रहदा योजना तथा सुशासन समितिको संयोजकमा रुजी रोका, सदस्यमा सिता कामी, राजकुमार बुढा, लेखन बुढा र आइतबहादुर ओली रहनुभएको छ ।
यस्तै स्थानीय राजश्व परामर्श समितिको संयोजकमा उपाध्यक्ष सबिना बुढा मगर, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका महिला सदस्य भारती नेपाली, कार्यपालिका सदस्य दिनेश रोका, उद्योग वाणिज्य संघको प्रतिनिधि, घरेलु तथा साना उद्योग संस्थाको अध्यक्ष वा प्रतिनिधि र सदस्य सचिवमा राजश्व विभागका कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नारायण पुन, टेक प्रसाद बुढा, विनोद बुढा, पर्शुराम बुढा, सुनकुमारी रोका, घरेलु तथा साना उद्योग संस्थाको अध्यक्ष÷प्रतिनिधि रसदस्य सचिवमा प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख रहनुहुने छ । पालिका अध्यक्षको संयोजकत्वमा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा उपाध्यक्ष सविना बुढा, प्रमुख प्रशासकीय अधिकृत, नारायण, टेक प्रसाद बुढा, विनोद बुढा, पर्शुराम बुढा, जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व)का प्रतिनिधि, पालिकाभित्र रहेको संघीय तथा प्रादेशिक सुरक्षा निकायका प्रमुख÷प्रतिनिधि, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका स्थानीय प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, गैरसरकारी संस्थाको तर्फबाट विपद् व्यवस्थापन सम्बन्धी काम गर्ने संस्थाको प्रतिनिधि, नेपाल पत्रकार महासंघको स्थानीय प्रतिनिधि र सदस्य सचिवमा विपद् व्यवस्थापन हेर्ने शाखा÷इकाई प्रमुख रहने बताइएको छ ।
न्यायिक समितमा उपाध्यक्षको संयोजकत्वमा भागिलाल दमाई र कुमार पुनलाई सदस्य तोकिएको छ । यसै प्रकारले गठन गर्नु पर्ने अन्य विभिन्न समितिलाई पनि पूर्णता दिइएका छ । पालिका अध्यक्षको संयोजकत्वमा गाउँपालिका शिक्षा समिति गठन गरिएको छ । यस समितिको सदस्यमा टेक प्रसाद बुढा , संगम रोका, भिमला वि.क, प्रमुख प्रशासकीय अधिकृत, सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुमध्येबाट समितिले तोकेको एक जना प्रधानाध्यापक, संस्थागत विद्यालयहरुको प्रतिनिधिमूलक संस्थामध्येबाट अध्यक्षले तोकेको एक जना प्रतिनिधि, गाउँपालिकास्तरीय अभिभावक संघतर्फबाट अध्यक्षले तोकेको एक जना प्रतिनिधि र सदस्य सचिवमा शिक्षा, यूवा तथा खेलकूद शाखा प्रमुख रहनुहुने छ ।
पालिका अधयक्षकै संयोजकत्वमा पालिकास्तरीय उद्योग प्रवर्द्धन समितिको गठन गरिएको छ । जसको सदस्यमा भारती नेपाली, विक्रम पुन मगर, स्थानीय उद्यमी महिलाकातर्फबाट कार्यपालिकाले मनोनियन गर्ने, स्थानीय उद्यमी कार्यापालिकाले मनोनयन गर्ने, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय÷समितिका प्रमुख र सदस्य सचिवमा उद्यम हेर्ने शाखा÷इकाई प्रमुख रहनुहुने छ । पालिका उपाध्यक्षको संयोजकत्वमा पालिकास्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति गठन गरिएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, फोमली बुढा, पर्शुराम बुढा र सदस्य सचिवमा प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख रहनुहुने छ ।
साथै, वडाभित्र सञ्चालित आयोजनाको लागत, परिमाण, समयसीमा र गुणस्तरीयताका आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिन सबै वडामा मिति २०७९ जेठ २५ गतेभित्रमा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति गठन गरी सोको जानकारी गाउँ कार्यपालिकाको कार्यालयलाई दिने निर्णय गरिएको छ । यस समितिमा सम्बन्धित वडाको वडा अध्यक्ष संयोजक, वडा सदस्यहरु सदस्यमा र वडा सचिव सदस्य सचिवमा रहनेछन् । पालिका उपाध्यक्षको संयोजकत्वमा स्थानीय उपभोक्ता हित संरक्षण समितिको गठन गरिएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, संगम रोका, इप्रका काँक्री इन्चार्ज÷प्रतिनिधि, खाद्य, गुणस्तर, औषधी÷जनस्वास्थ्य÷उद्योग वाणिज्य हेर्ने कार्यालय÷शाखाका प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि, उपभोक्ता हित संरक्षणमा क्रियाशिल संस्था वा व्यक्तिहरुमध्येबाट एक जना सदस्य र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रहनुहुने छ ।
पालिका उपाधयक्षको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरिएको छ । सदस्यमा बरमाया कामी, गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक मध्येबाट अध्यक्षले तोकेको व्यक्ति, अध्यक्षले तोकेको स्थानीय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक÷स्वास्थ्यकर्मी, स्थानीय प्रहरी कार्यालयको प्रमुख, अपाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरु मध्येबाट गाउँपालिकाको अध्यक्षले मनोनित गरेको संस्थाको प्रतिनिधि, गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट समन्वय समितिले मनोनयन गरेको एक जना महिला सदस्य सहित तीन जना, नेपाल सरकार र प्रदेश सरकारका स्थानीय स्तरमा रहेका सम्बन्धित विषय हेर्ने कार्यालयको कार्यालय प्रमुख र सदस्य सचिवमा गाउँपालिकाको उपाध्यक्षले तोकेको गाउँपालिकाको कर्मचारी रहनुहुने छ ।
यसैगरी पालिका अध्यक्षको संयोजकत्वमा स्थानीय दर रेट निर्धारण समिति गठन गठन गरिएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम (पूर्व)का प्रतिनिधि कार्यपालिकाले तोकेको कार्यपालिका सदस्य नारायण पुन, निर्माण व्यवसायी महासंघका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि र सदस्य सचिवमा पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख रहनुहुने छ ।