
रुकुम(पूर्व) मा विश्व वातावरण दिवसको अवसर पारि वृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय रुकुम(पूर्व) को आयोजनामा सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित ठाँटी डाँडामा वृक्षरोपन गरिएको हो । दिवसकै अवसर पारि त्यहाँ ४ सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ठाँटी डाँडामा टुनी, बकैनो, सल्ला, अमला र पैँयुको गरी ४ सय बिरुवा लगाइएको छ । नाङ्गो पाखा रहेको ठाँटी डाँडामा विश्व वातावरण दिवसको अवसर पारी जिल्लास्थित सबै सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा वृक्षरोपन गरिएको हो । वृक्षरोपन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको विशेष उपस्थिती रहेको थियो ।
वृक्षरोपन कार्यक्रममा कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, आर्मीका मेजर, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका डिएसपी, सिस्ने ५ का वडडाध्यक्ष बिरेन्द्र बस्नेत, भूमी आयोगका अध्यक्ष दिपक छन्त्याललगाएत जिल्लास्थित सरकारी, गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सामुदायिक वन र कमल दह संरक्षण समितिका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले दिवसको अवसरम वृक्ष रोपेको डिभिजन वन कार्यलय रकुम(पूर्व) ले जनाएको छ । दिवससँगै अव जिल्लामा वन कार्यालयबाट विरुवा वितरण र वृक्ष रोपनको कार्य आवश्यकताअनुुसार निरन्तर भइरहेको कार्यालयका रेन्जर केसीले बताउनुभयो । पुथाउत्तरगंगा गाउँपालिकामा दिवसकै अवसर पारि युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कदष्टर र मिक नेपालको आर्थिक सहयोग तथा चेवाङ कृषक समुहको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ ।
यसैगरी सिस्ने गाउँपालिका ६ छिप्रीदहमा रहेको हिमशिखा सेकेन्डरी बोर्डीङ स्कुलले पनि चेतनामुलक ¥याली निकालेर विश्व वातावरण दिवस मनाएको प्रीन्सिपल माधव भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार बोर्डीङले दिवसको अवसर पारी छिप्रीदहबाट सुरु गरेको ¥याली कमल दह–बाहुनठाना–टाकुरा–बाहुनडेरा–ढकालबारा हुँदै बोर्डीङमै आएर सम्पन्न गरेको छ । बोर्डीङले यसरी चेतनामुल ¥याली निकालेर नागरिकलाई सचेत गराउने काम गरेको प्रीन्सिपल भण्डारीले बताउनुभएको छ ।
जिल्लाको अन्य ठाउँमा पनि वृक्ष रोपन कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस ममनाइएको छ ।