नेकपा एकीकृत समाजवादी पार्टी रुकुम(पूर्व) ले स्थानीय निर्वाचनमा विजयी भएकाहरुलाई सम्मान तथा बधाई दिएको छ । पार्टी जिल्ला कमिटीले आइतबार रुकुमकोटमा एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा भाग लिई विजयी भएकाहरुलाई बधाई दिदै सम्मान गरेको हो ।

नेकपा एकीकृत मिााजवादी पार्टीबाट रुकुम(पूर्व) मा ६ जना वडा सदस्यहरु निर्वाचित भएका छन् । समाजवादीले रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको थियो । समाजवादीबाट सिस्ने गाउँपालिका ६ को वडा सदस्यमा मोहनबहादुर केसी निर्वाचित हुनुभएको थियो । उहाँ जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्विरोध भइसक्नुभएको छ ।

सिस्ने ३ मा वडा सदस्यमा लक्षिराम खड्का, ७ मा शशिधर बुढा, पुथाउत्तरगंगा १४ मा लिलाबिर रोका सदस्यमा निर्वाचित हुनुभएको छ । समाजवादीबाट वडा सदस्यमा निर्वाचित भारती नेपाली भूमे गाउँकार्यपालिका र जोरकुमारी बुढा पुथा उत्तरगंगाको गाउँ कार्यपालिकामा आउनुभएको छ । उहाँहरु सबैलाई बधाई दिदै सम्मान गरिएको नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी अध्यक्ष भिउमान घर्तीले जानकारी दिनुभयो ।

समाजवादीले जिल्लामा नेकपा माओवादी केन्द्रसँग गरेको चुनावी तालमेलबाट राम्रो उपलब्धि भएको पनि बताएको छ । जिल्ला कमिटी अध्यक्ष घर्तीको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद सदस्य टिकाराम उपाध्यायको प्रमुख र केशव शाहको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव भूवनेश्वर उपाध्यायले गर्नुभएको थियो ।