राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रकसन लिमिटेडले रुकुम(पुर्व) र रुकुम(पश्चिम) का आयोजना प्रभावित बासिन्दाहरको लागि शेयर बिक्रि खुला गरेको छ । कन्स्ट्रक्सनले यी दुई जिल्लाका आयोजनाबाट प्रभावित बासिन्दाहरुको लागि साधारण शेयरको निष्काशन तथा बिक्रि खुला गरेको एक सुचना जारी गर्दै जानकारी गराएको छ । यस आयोजनाबाट दुई जिल्लाका ९ वटै स्थानीय तहका नागरिकहरु प्रभावित हुन्छन् ।
कन्स्ट्रक्सनले प्रति साधारण शेयर १०० अकिंत दरका ६ लाख १२ हजार ७ सय ९३ कित्ता निष्काशन तथा बिक्रि खुला गरिएकोे कन्स्ट्रक्सनका जनसम्पर्क अधिकृत धिरेन्द्र शाहले जानकारी दिनुभयो । एक व्यक्तिले कम्तिमा १० कित्ता र बढीमा ६ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उहाँकाअनुसार जेठ २४ अर्थात आजबाट खुला गरिएको शेयर निष्काशन आउदो असार ७ गते बन्द हुने छ । कन्स्ट्रक्सनले रुकुम(पुर्व) को लुकुमगाड खोलामा ५ मेगावाट क्षमताको जिल्लाकै सबै भन्दा ठुुलो विद्युत आयोजना निर्माण गर्दै छ । यसको अनुमानीत कुल लागत एक अर्ब छ ।
स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै ग्लोबल आइएमई बैंक रुकुमकोट शाखा, प्रभु बैंक लिमिटेड रुकुमकोट शाखा, सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय पुथाउत्तरगंगा, ग्लोबल आइएमई बैंक शाखा कार्यालय मुसिकोट रुकुम(पश्चिम) र सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम(पश्चिम) मा आवेदन दिन सक्ने कन्स्ट्रक्सनले बताएको छ ।
कन्स्ट्रक्सनको धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाडौं र सह निष्काशन तथा बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौं रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।