रुकुम(पूर्व) को भूमे गाउँपलिकामा भोलीबाट तेस्रो भूमे कप २०२२ सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ महतमा रहेको रंगशालामा तेस्रो भूमे कप सञ्चालन हुन लागेको हो । भूमे कप २८, २९ र ३० गते तीन दिनसम्म सञ्चालन हुने युवा विकास केन्द्र भूमे गाउँपलिकाका संयोजक सुनिल रोकामगरले बताउनुभयो । युवा विकास केन्द्रकै आयोजनामा तेस्रो भूमे कप सञ्चालन हुँदै छ ।

तेस्रो भूमे कप अर्थात भलिबल प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजयी हुने खेलाडीलाई पुरस्कार राशी समान राखिएको छ । युवा विकास केन्द्रका संयोेजक रोकाकाअनुसार महिला पुरुष दुवै खेलमा विजेता समुहलाई एकएक लाख र उपविजेता हुुने समुहलाई ६५÷६५ हजार पुरस्कार प्रदान गरिने छ भने तेस्रो हुने समुहलाई ३०÷३० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा महिलामा ६ र पुरुषमा ८ टिमले नाम दर्ता गराएका छन् । रुकुम(पूर्व) सहित रुकुम(पश्चिम), रोल्पा र बागलुङका खेलाडिहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भोलीबाट सुरु गरिने छ भने औपचारिक उद्धघाटन पर्सि गरिने युवा विकास केन्द्रका संयोजक रोकाले बताउनुभएको छ ।