रुकुम(पूर्व) मा पकेट क्षेत्रस्तरीय जडिबुटी खेती विस्तार संजाल गठन तथा परिचालन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रुकुम(पूर्व) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट ९ सदस्यीय जडिडबुटी खेती विस्तार संजाल समिति गठन गरिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका १ का तेजकुमार पुनकको अध्यक्षतामा ९ सदस्यीय समिति निर्माण गरिएको हो । जसको सचिवमा सिस्ने गाउँपालिका १ का मनबहादुर बुढा, र कोषाध्यक्षमा सिस्ने ६ का निर्मला बुढा रहनुभएको डिभिजन वन कार्यालय रुकुम(पूर्व) का रेन्जर विश्व केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार सदस्यमा भूमे ६ का कर्णबहादुर ओली, भूमे १ का धनकुमार पुन, पुथा उत्ररगंगा गाउँपलिका १ का कुबेर पुन, रुकुम(पश्चिम) मुसिकोट नगरपालिका १ का जडिबुटी व्यवसायी हरिबहादुर ओली र भूमे ८ का मोहन बुढा रहनुभएको छ ।

एक जना भने पछि थप्ने रेन्जर केसीले बताउनुभयो । यो समुहले वन कार्यालयबाट सञ्चालन हुने जडिबुटी सम्बन्धि कार्यक्रम कसरी सञ्चालन गर्ने, समुदायस्तरमा कस्तो खालको जडिबुटीको माग छ ? कार्यक्रम छनोटलगाएतका विषयमा काम गर्ने रेन्जर केसीले बताउनुभएको छ ।