रुकुम(पूर्व) को भूमे गाउँपालिकाले सोमबार अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले पालिका केन्द्र खाबाङबाट सोमबार ११ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष सविना बुढाले जानकारी दिनुभयो । भूमेले प्रत्येक महिनाको ६ गते गाउँपालिका केन्द्रबाट अपाङ्गता परिचय पत्र वितरण गर्दै आएको छ ।
सोमबार असार ६ गते पनि सञ्चालन गरिएको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमबाट ११ जनाले सेवा लिएको उपाधयक्ष बुढाले बताउनुभयो । उहाँकाअनुसार अपाङ्गता परिचय पत्र लिनेमा एक जना क वर्गका र १० जना ख वर्गका रहेका छन् । उनिहर सबैलाई डाक्टर र वडाको सिफारिसको आधारमा अपाङ्गता परिचय पत्र वितरण गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।
अब साउनको ६ गते परिचय पत्र वितरणको कार्य गरिने गाउँपालिकाले जनाएको छ ।