रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेको गाउँपालिकाले १० गते अर्थात आज बजेट गाउँसमाभा पेश गरेको हो । गाउँसभाका उपाध्यक्ष गोपाल रेउलेले आर्थिक वर्ष २०७९÷८० को लागि पौने सन्ताउन्न करोडको बजेट गाउँसभामा पेश गर्नुभएको छ ।

उपाध्यक्ष रेउलेले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको कुल बजेट ५७ करोड ७६ लाख ४० हजार ४ सय ६४ रुपैयाँ पेश गर्नुभएको हो । जसमा संघिय सरकार समानीकरण अनुदान १२ करोड २४ लाख, संघिय सरकार ससर्त अनुदान २२ करोड ९७ लाख, संघिय सरकार राजश्व बाँडफाँड ८ करोड ९८ लाख ४७ हजार रहेको छ । संघिय सरकार विशेष अनुदान एक करोड ७० लाख, संघिय सरकार समपुरक अनुदान २ करोड २० लाख, आर्थिक वर्ष २०७८÷७९ को अल्या बजेट २ करोड १४ लाख ४१ हजार ४ सय ६४ रहेको छ ।

गाउँसभाका उपाध्यक्ष रेउलेले गाउँसभामा पेश गरेको बजेटमा प्रदेश सरकार समानीकरण अनुदान ६६ लाख ६४ हजार, प्रदेश सरकार सशर्त अनुदान एक करोड २० लाख, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश सरकार समपूरक अनुदान एक करोड ५० लाख रहेको छ । यसैगरी प्रदेश सरकार राजश्व बाँडफाँड ५५ लाख ८८ हजार र आगामी गाउँपालिकाको राजश्व अनुमान दुई करोड रहेको छ ।