
रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउापालिकामा बाल अधिकार संरक्षण समिति गठन गरिएको छ । गाउँपालिकका उपाध्यक्ष भुपेन्द्रा बुढाको संयोजकत्वमा एक जना पछि थप गर्नेगरी ११ सदस्यीय बाल अधिकार संरक्षण समिति गठन गरिएको हो । गाउँपालिका भित्रका बालबालिका तथा किशोर किशोरीहरुसँग सम्बन्धित विभिन्न समस्याहरुलाई पहिचान गरी उनिहरुका सवालहरुको न्यूनीकरण गर्ने उद्धेश्यले समिति गठन गरिएको युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टर (युएमएन)का सक्षम परियोजना व्यवस्थापक हेमन्त राईले जानकारी दिनुभयो ।
समितिले विभिन्न निर्णयहरु पनि गरेको छ । गाउँपालिका स्तरीय गठित बाल अधिकार संरक्षण समितिलाई सम्बन्धित वडाका अध्यक्षहरुको संयोजकत्वमा रहने गरी प्रत्येक वडाहरुमा पनि समिति गठन गर्ने निर्णय गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको चाहना, बालविवाहमुक्त गाउँपालिका स्थापना भन्ने नारा लेखिएको होडिङ बोर्ड गाउँपालिकको सिमाना रिकालेकमा स्थापना गर्ने निर्णयसमितिले गरेको छ ।
यसअघि पूर्व गाउँपालिका उपाध्यक्ष ओमककुमारी शाहीको संयोजकत्वमा बाल अधिकार संरक्षण समिति २०७७ सालमा गठन गरी विभिन्न कामहरु गरिदै आइएको थियो । साथै पुथा उत्तरगंगा गाउँपालिका बाल अधिकार संरक्षण तथा सम्बद्र्धन कार्यविधी २०७७ निर्माण तथा लागु गरिएको पनि संक्षम परियोजना व्यवस्थापक राइले बताउनुभयो । कार्यक्रममा उपस्थित क्बल तथा संजालका भाइबहिनीहरुले बाबालिकाको हक हितका निम्ति काम गर्दै जादा विभिन्न चुनौतीहरु आइपरेको उल्लेख गरेका छन् ।
बालबालिकाका विभिन्न समस्याका मुख्य सवालहरुमा पनि स्थानीय सरकारले प्राथमीकीकरण नगरेको गुनासो उनिहरुको छ । बालबालिकाका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै उनीहरुका समस्या समाधानका लागि काम गर्ने गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनु भयो । जिल्लाको सबैभन्दा बढी बाल विवाह हुने यस गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका निर्माण गर्ने पनि उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष भूपेन्द्रा बुढा, निमित्तप्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादव, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर खड्का, स्वास्थ्य संयोजक समिर गिरी, मिक नेपालका छिमी पुन, युएमएनका प्रमुख शिब अधिकारी लगाएत गाउँपालिकास्थित बाल संजाल, किशोरी समूह र आमा समूहका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण युएमएनका सक्षम परियोजना व्यवस्थापक राईले गर्नु भएको थियो ।