रुकुम(पूर्व) मा बजार अनुगमणलाई तिव्र पारिएको छ । विगत वर्षमा चाडपर्व लक्षित बजार अनुगमण हुने गरेकोमा यसपाली भने बजार अनुगमणलाई तीव्र पारिएको छ । यसै क्रममा आज भूमे गाउँपालिकाको विभिन्न ठाउँमा अनुगमण गरिएको हो ।
भूमे गाउँपालिकाको १ नम्बर वडा लुकुम र २ नम्बर वडाको काँक्रिमा बजार अनुगमण गरिएको हो । यी दुई वटा बजारका २४ वटा पसल तथा होटेलमा अनुगमण गरिएको बजार अनुगमण समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताउनुभयो । अनुगमण गरिएका सबै पसलमा कैफियत भेटिएका छन् । अनुगमणकै क्रममा ७ हजार दुई सय ५० रुपैयाँ बराबरको अखाद्य वस्तु पनि नष्ट गरिएको छ । म्याद गुज्रिएका चकलेट, कोक, चिप्स र मेकपका सामानहरु बरामत गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
उहाँकाअनुसार अनुगमणको क्रममा अहिलेसम्म मूल्यसूचि कूनै पनि पसलमा राखेको पाइएको छैन् । अधिकांस पसलहरु बिना दर्ता सञ्चालनमा रहेको र कतीपयमा साइनबोर्ड नराखेको पाइएको अनुगमण टोलीले जनाएको छ । होटेलहरुमा सरसफाईको कमी दिएको छ । अहिले अनुगमणको क्रममा देखिएका कैफियतलाई सुधार्न सल्लाह सुझाव तथा निर्देशन सहायक प्रमुख जिल्ला अधिकारी आचार्य र उद्योग अधिकृत मधुकर डाँगीले दिनुभएको छ । अर्को पटक अनुगमण जादा उहि कैफियत दोहोरीयमा कारबाही तथा जरिवाना गर्ने चेतावनी व्यापारीहरुलाई दिइएको छ ।
एक दुई वर्ष पहिले र अहिलेको अवस्थामा केहि सुधार भने देखिएका अनुगमण समितिले जनाएको छ । सहायक प्रजिअ आचार्यको नेतृत्वमा भएको बजार अनुगमणमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, उद्यम विकास सहजकर्ता विनोद गौतमलगाएतको उपस्थिती रहेको थियो ।