रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ मा वाल विवाह न्यूनिकरण सम्बन्धि चेतनामुलक कार्यक्रम गरिएको छ । वडाको नाखामा त्यहाँको क्लब र किशोरी समुहले वाल विवाह न्यूनिकरण सम्बन्धि र्याली निकाले छन् भने सडक नाटक प्रदर्शन गरेका छन् ।

वडा सरकारको आर्थिक सहयोगमा हिमशृङ्खला बाल क्लब र जनजागृती किशोरी समुहको आयोजनामा नाखामा र्याली निकालिएको छ भने सडक नाटक पनि प्रदर्शन गरिएको युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरका सक्षम परियोजना सामाजिक परिचालक मोहनकुमारी बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार क्लब र किशोरी समुहमा आवद्ध बालबालिका तथा किशोरीहरुले बिहेबारी २० वर्ष पारि, वाल विवाह कानुनी अपराध हो, वाल विवाह गराउनेलाई ३ वर्ष जेल ३० हजार जरिवाना, बालबालिकालाई गुणस्तरीय शिक्षामा समावेशी बनाऔ, वाल दुव्र्यवहार अन्त्य गरौ, बाल अधिकार हनन् हुनबाट बचाऔ लगाएतका नारा लगाउदै नाखा गाउँ परिक्रमा गरेका थिए ।

र्यालीपछि उनिहरुले आधा घण्टा भन्दा लामो वाल विवाह न्यूनिकरण सम्बन्धिको सडक नाटक प्रदर्शन गरेको सक्षम परियोजना सामाजिक परिचालक बुढाले बताउनुभयो । पुथाउत्तरगंगामा सुरुमा यूएमएनले वाल विवाह न्यूनिकरण सम्बन्धिको गतिविधि थालेको थियो । यस काममा पछिल्लो समयमा स्थानीय सरकारले पनि साथ दिदै आएको छ ।

यउटा संस्थाले सुरुवात गरेको अभियानमा स्थानीय सरकारले साथ दिदै गएपछि पछिल्लो दिनहरुमा वाल विवाह न्यूनिकरणमा कामकाज गर्न सहज बन्दै गएको सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राईले जानकारी दिनुभयो । पुथाउत्तरगंगा गाउँपालिकामा बाल क्लक, किशोरी समुह, संजाल वाल विवाह न्यूनिकरणको लागि सक्रिय बन्दै गएको पनि उहाँले बताउनुभयो ।

आज नाखामा गरिएको र्याली र सडक नाटक प्रदर्शन कार्यक्रममा वडा सरकारका जनप्रतीनिधीसँगै शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतीनिधी र समुदायका मानिसहरुको उपस्थिती रहेको थियो ।