
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा चलिरहेको छ । निर्माधानाधिन अवस्थामा रहेको गाउँपालिका भवनको आज संयुक्त टोलीले अनुगमण गरेको छ । अनुगमणको क्रममा प्रशासनिक भवन निर्माणको काम सन्तोषजनक रहेको पाइएको अनुगमण टोलीले जनाएको छ ।
अहिलेसम्ममा गाउँपालिकाको प्रशासनिक भवनको ९० प्रतिशत काम पुरा भएको निर्माण जिम्मा लिएको जेभीले जनाएको छ । भवन निर्माणको जिम्मा ४ करोड ८३ लाखमा दिया यती नायग्रा जेभीले लिएको छ । २०७७ साल फागुनमा सम्झौता भई काम सुरु गरेको जेभिले आउदो मंसिरसम्ममा काम सम्पन्न गर्नपर्ने छ । तर जेभले भने सम्झौता अवधिभन्दा अघि नै भवन निर्माणको काम सम्पन्न गरेर पालिकालाई हस्तान्त्रण गर्ने योजना बनाएको जेभिका साइड इन्चार्ज शंकर गौतमले बताउनुभयो ।
उहाँकाअनुसार अहिले भवन निर्माणको काम सबै सकिएको छ । अब टायल बिछ्याउने र प्लस्टरको काम बाकी रहेको छ । यो कामलाई पनि छिटोे पूर्णता दिएर असोजकै महिनामा पालिकालाई भवन हस्तान्त्रण गर्ने योजना रहेको इन्चार्ज गौतमले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेको संयोजकत्वमा गरिएको संयुक्त अनुगमणमा जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, अनुसन्धानका डिएसपी संजिव चौधरी, सशस्त्रका डिएसपी सुदन आचार्य, गाउँपालिकाका इन्जिनीयर, पत्रकारलगाएतको उपस्थिती रहेको थियो ।