रुकुम(पूर्व) मा १० थान वेवारिसे भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले फरक फरक मितिमा जिल्लाको विभिन्न ठाउँबाट वेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक नियन्त्रणमा ल्याएको जानकारी दिएको छ । जेठ र असार यो दुई महिनाको बिचमा विभिन्न ठाउँबाट ३ सावुत र ७ वेसावुत गरी १० थान भरुवा बन्दुक नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृृष्ण खत्रीले जानकारी दिनुभयो ।

सुचना अधिकारी खत्रीकाअनुसार गएको जेठ २८ गते सिस्ने गाउँपालिका ६ खोपीचारबाट २ थान भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको छ । जेठ ३१ गते नै सिस्ने ६ बाटै २ थान भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको छ । यसैगरी यहि असारको महिना ६ गते सिस्ने ६ खोपिचारबाटै ३ थान र असार ११ गतेको दिन सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट ३ थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा ल्याएको सुचना अधिकारी खत्रिले बताउनुभयो ।

प्रहरीले विभिन्न सुचनाको आधारमा ती भरुवा एक नाले र दुई नाले बन्दुक नियन्त्रणमा ल्याएको हो । सबै बन्दुक वेवारिसे अवस्थामा फेला परेकाले मान्छे भने पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले बताएको छ ।