रुकुम(पूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जन्मदिनको अवसर पारि दुई जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । उहाँले आज पर्न गएको आफ्नो जन्मदिनको अवसर पारि रुक्मिणी माविमा कक्षा ९ मा अध्यनरत छात्रा प्रीया बुढाथोकी र त्रिभुवन जनता मावि छिप्रीदहमा कक्षा ९ मा अध्यनरत छात्र राम गौतमलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

आर्थिक विपन्नता भएका यी दुई विद्यार्थीलाई पठनपाठनमा सहज होस भनेर जन्मदिनको विशेष अवसर पारेर सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले विद्यालय पोसाक, झोलासहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले रुकुम(पूर्व) अस्पतालमा रहेका बिरामीलाई फलफुल पनि वितरण गर्नुभएको छ । साथै उहाँले विपदका लागि राहत कोषमा पाँच हजार एक सय एघार रुपैयाँ पनि सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसर पारी गरिने फजुल खर्चलाई कटाएर समस्यामा परेकालाई सहयोग गर्न पाउदा खुसी लागेको उहाँले बताउनुभएको छ ।