रुकुम(पूर्व) मा प्रहरीले समाजमा हुने विभिन्न खालका विकृती, विसंगतीको विरुद्ध सचेतना अभियान फैलाउदै आएको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरीले घरेलु हिंसा तथा आत्महत्या न्यूनिकरण, लागु औषध, वाल विवाहसँगै विपद व्यवस्थापनसँग सम्बन्धित रहेर चेतनामुलक कार्यक्रम प्रहरीले सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा रहको प्रहरी युनिटले जिल्लाको विभिन्न ठाउँमा प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाको विभिन्न ठाउँमा आवश्यकताअनुसार अभियान चलाईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

गएको असार २८ गते समुदायमा प्रहरी साझेदारी कार्यक्रममार्फत इलाका प्रहरी कार्यालय रन्मा मैकोट र प्रहरी चौकी लुकुमले आ–आफ्नो वडा क्षेत्रमा बाल यौन शोषण र आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धिको सचेतनामुलक कार्यक्रम सञ्चालनन गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । यस्तै असार २९ गते इलाका प्रहरी कार्यालय प्वाङ र अस्थाई प्रहरी पोष्ट धपेले पनि विपद व्यवस्थापन र आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धिको सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रहरी निरीक्षक खत्रीकाअनुसार असार ३० गते इलाका प्रहरी कार्यालय चुनबाङ र ३१ गते इलाका प्रहरी कार्यालय काँक्रिले आत्महत्या न्यूनिकरण सम्बन्धिको सचेतनामुलक कार्यक्र गरेका थिए भने ३२ गते प्रहरीचौकी हुकामले घरेलु हिंसा र आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धिको सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थिए । यस्तै साउनको १ गते जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) को आयोजनामा रुकुमकोटमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धिको सचेतनामुलक कार्यक्रम गरिएको छ ।

रुकुम(पूर्व) मा वाल विवाह, घरेलु हिंसा र आत्महत्याका घटनाहरु तुलनात्मक रुपमा बढी हुने गर्छ । नागरिकमा चेतनाको अभाव, कानुनी ज्ञान नहुनु र पुराना रितीरिवाज, परम्पराको निरन्तरताले पनि समाजमा विभिन्न खालका कुरिती कुसंस्कारले जरा गाडेको प्रहरी निरीक्षक खत्रीले बताउनुभएको छ । समाजमा जरा गाडेर बसेको कुरिती कुसंस्कारको अन्त्य गर्दै नागरिकमा चेतनाको वृद्धि गर्ने र उनिहरुलाई कानुनी कुराहरु सिकाउने उदेश्यका साथ समुदायमा प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न कार्यक्रम गर्दै आएको उहाँको भनाई छ । अभियानको क्रममा सम्बन्धित ठाउँका नागरिकसँग छलफल अन्तरक्रिया गर्दै उनिहरुलाई कानुनी कुराहरु पनि सिकाउदै आएको प्रहरीले जनाएको छ ।