
दिलचन पुन/रुकुम(पूर्व)
रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका ११ मा राके(सेरा) बालुवा मेलाको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतीक कार्यक्रम सञ्चालन भइरहेको छ । साउन २ गतेबाट सुरु भएको मेलामा अहिले विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।
हिमालय श्रृङ्खला, चौरी युवा क्लबले आफ्नो २७ औ वार्षिकउत्सवको अवसर पारि खेलकुद तथा सांस्कृतीक कार्यक्रमको आयोजना गरेको हो । क्लबले “राके(सेरा बालुवा) मेला जाऔ । भाषा संस्कृती र इतिहास बचाऔ । २७ औ वार्षिक उत्सव मनाऔ, राष्ट्रको प्रतिष्ठा उठाऔ” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको छ ।
भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ७५ हजार, ५० हजार र ३० हजार पुरस्कार प्रदान गरिने छ भने महिलातर्फको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी फुटसल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने छ भने दोहोरी गितमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी छेलोमा पहिलो, दोस्रो र तेस्रो हुने महिला पुरुषलाई तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।