अमर खत्री/रुकुम(पूर्व)
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा बस्तिमाथीबाट ढुङ्गा खस्न थालेपछि नागरिकहरु त्रसित बनेका छन् । बर्खाको समय सुरु भएसँगै बस्तिमाथीबाट ठुलाठुला ढुङ्गा झर्न थालेपछि पोखराका नागरिकहरुको रातको निन्द्रा र दिनको भोक उडेको छ । पोखराको बस्तिनै पहिरोको जोखिममा परेको त्यहाँका स्थानीयले बताएका छन् ।
पोखरा गाउँको माथीपट्टीको भाग अझ बढी पहिरो र माथीबाट झर्ने ठुला ढुङ्गाको जोखिममा परेको स्थानीय भद्रबहादुर ओलीले बताउनुभयो । अहिले पोखराको माथिल्लो पट्टीका बस्तिका नागरिकहरु रातीमा घरमा नबस्ने गरेको उहाँले बताउनुभयो । यस अघि विभिन्न समयमा बस्तिमाथीबाट ठुलो ढुङ्गा झरेर वडा कार्यालयसँगै खोपानीको ट्याङ्कीा क्षती गरेपछि अहिले पोखराका नागरिकहरु डरले रातीको समयमा घर छोडन् गरेको ओलीले बताउनुभयो ।
उहाँकाअनुसार अहिले पोखराका माथिल्लो क्षेत्रका मानिसहरु पहिरोको जोखिम कम भएको ठाउँ, आफन्त र छिमेकीको घरमा रात बिताउन जाने गरेका छन् । कतीपय भने दाङलेखको गोठमा गएर बस्न थालेको उहाँको भनाई छ । अब यसैगरी पहिरो र ढुङ्गा झर्छ की भन्दै आउदो असोजको महिनासम्म डराईडराई बस्नुपर्ने अर्का स्थानीय धनसरा गिरीले बताउनुभयो । अहिले डरले मान्छे मात्र सुरक्षित ठाउँमा गएर बस्दै आएको बताउदै गिरीले घरमा पालेको बस्तुभाउको पिरले पनि सताउने गरेको सुनाउनुभयो । पानी पर्नेबेलामा झनै रातभरी निन्द्रा नलाग्ने अर्का स्थानीय गोपाल खड्काले बताउनुभयो ।
केहि समय अघि मात्रै त्यहाँको वडा कार्यालय भवन र खानेपानीको ट्याङ्कीमा माथीबाट झरेको ढुङ्गाले क्षती पुर्यापछि पोखराबासी झनै त्रसित बनेको खड्काको भनाई छ । पोखराको माथिल्लो क्षेत्रका बस्तिसँगै जनता माध्यामिक विद्यालय पोखरा, स्वास्थ्य चौकी, वडा कार्यालय र सहकारी भवन झनै पहिरोको उच्च जोखिममा रहेको त्यहाँका स्थानीयले बताएका छन् । पोखरामा बस्ति माथीको झीम र तिमिले लेकबाट ढुङ्गा झर्ने गरेका छन् । केहि दिनअघि झरेको ढुङ्गाले खानेपानीको ट््याङ्कीमा पूर्ण रुपले क्षती गर्दा पोखरामा खानेपानीको समेत समस्या भएको छ ।