रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा आजबाट सहिद स्मृती स्वास्थ्य कार्यक्रमअन्तर्गत अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रममा समेटेको मुख्य कार्यक्रमको रुपमा रहेको अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम आजबाट औपचारिक रुपमा सुरु गरेको हो । गाउँपालिकाको केन्द्र तकसेरामा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा कार्यक्रमको उद्धघाटन गरेको गाउँपालिका अधयक्ष पुनीराज घर्तीले बताउनुभयो ।

आज तकसेरामा एकएक जना अति विपन्न, सुत्केरी, स्वास्थ्य संस्थथामा जन्मिएको बच्चा, सहिद परिवार, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविकाको निशुल्क स्वास्थ्य बिमा गरिदिएर अध्यक्ष÷उपाध्यक्ष कार्यक्रमको सुरुवात गरेको अध्यक्ष घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीकाअनुसार अध्यक्ष कार्यक्रमअन्तर्गत लक्षित वर्ग अति विपन्न, ज्येष्ठ नागरिक, सुत्केरी, क र ख वर्गको अपाङ्ता परिचय पत्र पाएका व्यक्ति, सहिद, बेपत्ता परिवार र घाइते, अपाङ्गको निशुल्क स्वास्थ्य बिमा, टेलिमेडिसीयन एक कलमा डाक्टर कार्यक्रम रहेका छन् ।

अध्यक्ष कार्यक्रममार्फत गाउँपालिकाले निर्धारण गरेको मापदण्डमा पर्ने सबैको स्वास्थ्य जाँचसँगै उनिहरुलाई निशुल्क औषधी वितरण पनि गरिने अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिका भित्रका दिर्घ रोगीलाई पनि निशुल्क औषधी उपलब्ध गराइने छ । भौगोलिक हिसावले विकट, गुणस्तरीय स्वास्थ्यको पहुँचबाट टाढा रहेको यस क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै घरमै स्वास्थ्यकर्मी कार्यक्रममार्फत कम्तिमा महिनामा एक पटक घरमै गएर स्वास्थ्य जाँच गरिने छ ।

यस्तै उपाध्यक्ष कार्यक्रमअन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, गर्भवती महिला तथा स्वास्थ्य संस्थामा जन्मेका छोरीको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, निशुल्क यम्बुलेन्स सेवा र चेलीसँग उपाध्यक्ष कार्यक्रम रहेका छन् । यी कार्यक्रममार्फत स्वास्थ्यसंस्थामा जन्मने छोरी तथा सुत्केरी हुने आमाको स्वास्थ्य बिमा गाउँपालिकाले गरिदिने छ । गाउँपालिकाले निर्धारण गरेको मापदण्डभित्र पर्ने सबैलाई निशुल्क यम्बुलेसन्स सेवा प्रदान गर्नेदेखि लिएर उपाध्यक्षसँग चेली कार्यक्रममार्फत लैगिंक हिंसा, बालविवाह, बहु विवाह सम्बन्धि सचेतना फौलाउने र हिंसा पिडितहरुलाई परामर्श गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभएको छ ।

गाउँपालिकाले नयाँ सुरु गरेको अध्यक्ष÷उपाध्यक्ष कार्यक्रममार्फत यहाँको स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु कम गर्ने र नागरिकहरुलाई पनि नजिकबाट सेवा दिएर सिंह दरबार गाउँमै आएको अनुभूती दिलाउने लक्ष रहेको पुथा उत्तरगंगा गाउँपालिकाले जनाएको छ ।