रुकुम(पूर्व) मा आर्थिक वर्ष २०७८÷७९ मा १७ लाख ९० हजार राजश्व संकलन भएको छ । ट्राफीक नियमभन्दा बाहीर गएर चलाइएका दुई हजार एक सय ४९ वटा सवारी कारबाहीबाट १७ लाख ९० हजार राजश्व संकलन भएको जिल्ला ट्रफीक प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
गएको आर्थिक वर्षमा सबै धन्दा बढी मोटरसाइकल कारबाहीबाट राजश्व संकलन भएको छ । सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल नै रहेका छन् । गत आर्थिक वर्षमा एक हजार ७७ वटा मोटरसाइकल कारबाहीबाट ८ लाख ७२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफीक प्रहरी प्रमुख ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो । सबैभन्दा कम कारबाहीमा पर्नेमा ट्रक संख्या रहेको छ । एक सय वटा ट्रक कारबाहीमा पर्दा ७७ हजार पाँच सय राजश्व संकलन भएको छ ।
यस्तै जिप÷कार ४ सय ३८ वटा कारबाहीमा परेका छन् । जसबाट ३ लाख ४० हजार पाँच सय राजश्व संकलन भएको छ । २ सय ४७ वटा ट्याक्टर कारबाहीमा परेका छन् । जसबाट २ लाख २४ हजार ५ सय राजश्व संकलन भएको ट्राफीक प्रमुख खत्रीले बताउनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्षमा एक सय ६६ वटा बस कारबाहीमा पर्दा एक लाख ३५ हजार र एक सय २१ वटा अटो कारबाहीमा पर्दा एक लाख ६ हजार राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा राजश्व संकलनमा वृद्धि आएको छ । आर्थिक वर्ष २०७७÷७८ एक हजार दुई सय ८५ वटा सवारी कारबाहीमा पर्दा ९ लाख ८० हजार राजश्व संक्लन भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा भने कारबाहीमा पर्ने सवारी संख्यासँगै राजश्व संकलनमा पनि वृद्धि भएको ट्राफीक प्रमुख खत्रीले बताउनुभएको छ ।