रुकुम(पूर्व) को भूमे गाउँपालिका ३ दोमैमा पहिरो झर्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज साझ ६ बजेको बेलामा सडक माथीबाट ठुलो पहिरो झर्दा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सडकमा पहिरोसँगै ठुलाठुला ढुङ्गा पनि झरेका छन् । तत्काल पहिरो हटाउने प्रयास गरिएपनि सम्भव नभएको डिएसपी डाँगीले बताउनुभयो । अहिले पहिरो हटाउन सम्भव नभएपछि भोली बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिने उहाँको भनाई छ । सडक अवरुद्ध भएपछि आवतजावत गर्ने सवारी तथा यात्रुहरु समस्यामा परेका छन् ।

मध्यपहाडी हुँदै काठमाडौं, पोखरा, बागलुङ, रोल्पाबाट आउने सबै यात्रु तथा सवारी साधनलाई भूमे गाउँपालिका २ को काँक्रि र खाबाङमा अडिन भनिएको र रुकुम(पश्चिम) बाट आउनेलाई रुकुमकोटमा बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको डिएसपी डाँगीले बताउनुभएको छ ।