रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कैचिमोडमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । रुकुम(पश्चिम) बाट आउदै गरेको लु १ ज १६७५ नम्बरको जिप र विपरित दिशाबाट आउदै गरेको ग १९ प १५५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रुकुम(पश्चिम) मुसिकोट नगरपालिका ३ बस्ने २८ वर्षका मनोहर ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

ढकालको नाक र निधारमा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एमव् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । जिप चालक र जिपलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सुचना अधिकारी खत्रीले बताउनुभयो ।

घाइते ढकालको रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको छ ।