हिकमत प्रोतेल/रुकुम(पूर्व)

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा स्वास्थ्य तर्फको करार कर्मचारीको अन्तिम नतिजा प्रकाशन भएको छ । पुराना करार कर्मचारीको सम्झौता नविकरण नगरेको गाउँपालिकाले अहिले स्वास्थ्यमा २० जना कर्मचारी भर्ना गरेको छ । अहेव १० जना, ७ जना अनमी, ल्याबमा ३ जना कर्मचारी भर्ना गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता एमव् ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।

नयाँ भर्ना भएका सबै कर्मचारीलाई गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले शुभकामना दिदै प्रभावकारी रुपमा नागरिकलाई सेवा दिन आग्रह गर्नुभएको छ । परिक्षामा सफल भएका सबै कर्मचारीलाई भोली नियुक्ती दिइने भएको छ । तीनै कर्मचारीले सेवा दिदा प्रभावकारी होस भनेर उनिहरुको लागि आज अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रमलाई उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष घर्तीले नयाँ कर्मचारीलाई प्रभावकारी रुपमा नागरिकको सेवा गर्न आग्रह गर्नुभएको हो ।

स्वास्थ्य जस्तो संवेशनशिल क्षेत्रमा सजकताका साथ काम गर्न र उपचारको क्रममा जटिल खालका बिरामी आएमा तत्काल गाउँपालिकामा खबर गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण मेडिकल अधिकृत मिलन मल्लले गर्नुभएको थियो । नया भर्ना गरिएका सबै कर्मचारीलाई भोली नियुक्ति गरेर कार्यक्षेत्रमा खटाउने गाउँपालिकाले जनाएको छ । करार सम्झौता थप नगर्दा प्रभावित हुन पुगेको गाउँपालिकाको स्वास्थ्य क्षेत्रको कामकाज अब निरन्तर चल्ने भएको छ ।